१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

हिरा लुट्ने असइसहित तीन प्रहरी पक्राउ

हिरा लुट्ने असइसहित तीन प्रहरी पक्राउ
अ अ+ अ-

मकवानपुर । मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको कैलाश गाउँपालिका–५ का ७० वर्षीया वृद्धा धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा हेर्न मागेको र मोलमोलाइ गरेको जस्तै गरी पेस्तोल देखाएर लुटपाट गरी भागेको उनीहरुलाई आरोप लागेको छ । आफूलाई पत्रकार बताउने ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने वर्ष १९ का सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर–१२ बस्ने वर्ष २६ का प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने वर्ष २७ का प्रहरी जवान वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने वर्ष २८ का प्रहरी जवान हिमकान्त पुन मगरलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट ६१।३० क्यारेटको बहुमूल्य पत्थर हिरा १२।२६० ग्राम एक थान, गोलीलोड भएको म्याग्जिनसहितको चाइनिज पेस्तोल एक थान, विभिन्न कम्पनीका वाकीटकी सेट चार थान, क्यामरा एक थान, मेटल डिटेक्टर दुई थान, मोबाइल छ थान, ल्यापटप एक थान, वन्यजन्तुको सिङजस्तो देखिने वस्तु एक थान र लुटपाट गरी भाग्न प्रयोग गरिएको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नंको कार बरामद गरेको छ ।