२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै यातायात सेवा बन्द गर्नुपर्ने व्यवसायीको माग



अ+ अ-

काठमाडौं । लामो दूरीको यातायात सेवा रोकेर मात्रै कोरोनाको संक्रमणबाट बच्न नसकिने भन्दै यातायात व्यवसायीले सबै प्रकारको यातायात सेवा बन्द गर्न माग गरेका छन्।

नेपाल यातायात व्यवसयी महासघंका महासचिव सरोज सिटौलाले लामो दूरीको यातायात सेवा रोकेर कोरोनाको संक्रमणबाट बच्न नसकिने भएकाले वायु सेवा पनि रोक्नु पर्ने बताउँछन्।

‘अहिले उपत्यकामा थोरै गाडी चलेकाले भीड धेरै छ। यो त झन भयावह स्थिति भयो। बरु केही दिन सबै काम ठप्प गरेर सबै यातायात पनि रोकौं, र सञ्चालनमा रहेको वायु सेवा पनि रोक्नु पर्यो’ सिटौलाले भने।

सबै प्रकारका यातायात सेवा बन्द गराउन महासघंले विभागीय मन्त्रालयमा अपिल गरिसकेको उनले जानकारी दिए।