२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

जेन–जीले खोजे भ्रष्टाचारविरुद्धको कारबाही, दलले भने चुनावमा जान सुरक्षा प्रत्याभूति

जेन–जीले खोजे भ्रष्टाचारविरुद्धको कारबाही, दलले भने चुनावमा जान सुरक्षा प्रत्याभूति
अ अ+ अ-

काठमाडौं । सरकार, राजनीतिक दल र जेन–जीबीच आज पहिलो पटक औपचारिक वार्ता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अग्रसरतामा भएको वार्तामा जेन–जी र राजनीतिक दलका फरक फरक धारणा आएका छन् । जेन–जीहरुले आफूहरुको प्राथमिकता चुनाव नभएकाले सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताए । राजनीतिक दलका नेताहरुले भने चुनावका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज झन्डै ५ घण्टासम्म चलेको बैठकमा जेनजी प्रतिनिधिले चुनावका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै सुशासन र भ्रष्टाचार विरूद्धको कारबाहीलाई प्राथमिकता दिन आग्रह गरेको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले बताएका छन् ।

जेनजीका प्रतिनिधिहरूले भने, ‘हामीलाई चुनाव चाहिएको छ, गर्नुपर्छ पनि । तर, चुनाव–चुनाव भनेर मात्रै हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचार विरूद्धको कारबाही हो ।’

राजनीतिक दलका नेताहरुले भने सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा आफूहरुसमेत सहमत भएको बताए । उनीहरुले आफूहरुले विगतदेखि नै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएको दाबी गर्दै सरकारले गर्ने कारबाहीमा सहयोग गर्ने प्रतिबद्धता जनाए । तर अहिलेको परिस्थितिमा संविधानलाई ट्रयाकमा ल्याउनुपर्ने उनीहरुको भनाइ थियो ।

संविधानलाई लयमा फर्काउन चुनावको विकल्प नभए पनि सरकारले अझै सुरक्षा प्रत्याभूति दिलाउन नसकेको दलका नेताहरुको भनाइ थियो । फागुन २१ गतेका लागि तय भएको चुनावमा जान सुरक्षा प्रत्याभूति हुनुपर्ने दलका नेताहरुको भनाइ छ ।

सरकारले भने चुनावी सुरक्षाको प्रत्याभूति हुने आश्वासन दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जी समूहहरूबीच निरन्तर छलफल हुनुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गरिन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले संवादको सुरुआतमा भनिन्, ’सबै विचारको आदानप्रदान गरौँ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुआत गरेका छौँ र यसलाई निरन्तरता दिऔँ ।’ निर्वाचनको माहोल बनाउन यस प्रकारको पहिलो र महत्त्वपूर्ण छलफल प्रधानमन्त्री कार्कीले राखेकी हुन् ।

बैठकमा सरकारकोतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल, दलका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत र जेनजीको तर्फबाट मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन रानामगरको सहभागिता रहेको थियो ।

छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता थियो ।

निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक यस्तो छलफल भएको हो ।