१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कुङ्फु खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण

कुङ्फु खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण
अ अ+ अ-

काठमाडौं

निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई साेमबार घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

कुङ्फु खेलाडी रूपेशका हजुरबा र हजुरआमालाइ घरकाे साँचाे हस्तान्तरण गर्दै सुकमान लामा ।

जर्मनीका तीन नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिचि मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरी दिएका हुन् । सो घर निर्माण गर्न करिब ६ लाख रुपियाँ लागेको छ । भास र डेनियल आरोहणका लागि समयसमयमा नेपाल आउने गर्छन् भने मुख्य सहयोगकर्ता मुन्वर्ग नेपालस्थित ट्राभल फर सोल र होप फर नेपाल नामक सामाजिक संस्थामा आबद्ध छन् । सुकमानले रुपेशको निम्न आर्थिक स्थिति बारे जानकारी गराएपछि मुन्वर्गले घर बनाइदिने चासो देखाएका थिए । मुन्वर्गकै अनुरोधमा भास र डेनियल पनि रुपेशलाई सहयोग गर्न अगाडि बढेका हुन् ।

१८ वर्षीय रुपेश उदयीमान कुङ्फु खेलाडी हुन् । एघार वर्षको उमेरमै रुपेश कुङफुमा होमिएका थिए । गत फागुन अन्तिम साता बूढानीलकण्ठमा भएको प्रथम राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगितामा रुपेशले आफ्नो स्पर्धामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडीको ट्रफी चुमेका थिए । फुटबलमा पनि रुची राख्ने रुपेश आफ्नो टोलीका गोलरक्षक हुन् ।

यद्यपि आर्थिक स्थिति कमजोर हुँदा प्रतिभाशाली रुपेशलाई खेलकुदबाट टाढा पुर्याउन सक्थ्यो । सोही डरले सुकमानले रुपेशलाई सहयोग गर्ने पहल गरेका हुन् । सुकमानले रुपेशका लागि घर मात्र बनाइ दिएनन् । विगत ७–८ वर्षदेखि उनको परिवारलाई रासनपानीको पनि व्यवस्था गर्दै आएका छन् । रुपेश हाल बुढानीलकण्ठस्थित श्री बूढानीलकण्ठ माविमा कक्षा १० मा अध्ययनरत छन् । उनी एसइइ परीक्षा दिने तयारीमा छन् । एसइइ परीक्षा हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित छ । रुपेशको सम्पूर्ण शैक्षिक खर्च पनि सुकमानले नै जोहो गर्दै आएका छन् । सुकमानले रुपेशका लागि यी व्यवस्थामा पनि मुन्वर्ग र भासको साथ रहेको बताउछन् । यि दुवै जर्मनी नागरिक र सुकमानले मिलेर अन्य १४ जनाको पनि शैक्षिक खर्च व्यहोर्दै आएका छन् । त्यसमध्ये हाल ९ जना बाल विकास तथा ४ जना बुढानीलकण्ठमा अध्ययनरत छन् ।

एक महिनाको छँदा नै रुपेशलाई आमाले छोडेर गएकी थिइन् । त्यसपछि उनको लालनपालन ७६ वर्षीय हजुरबा केशरबहादुर खतिवडा र ६५ वर्षीयाँ हजुरआमा जानुकाले गर्दैआएका छन् । अत्यन्तै कमजोर आर्थिक स्थितिका रुपेशका हजुरबा र हजुरआमाको मुख्य पेशा गाइपालन हो । गाइपालनबाट उनीहरु दैनिक ५–६ माना दुध विक्री गर्छन् । सो आम्दानीबाट गुजारा चलाउन हम्मेहम्मे नै थियो । स्कुलको शुल्क तिर्न पनि रुपेशको परिवारलाई कठिन भइरहेको थियो । आफ्नै (सुकमान) प्रशिक्षणमा हुर्किरहेका चेलाको यस्तो अवस्थाको ज्ञात भएछि सुकमानले सकेसम्मको सहयोग गर्ने अठोट गरेका हुन् ।

बूढानीलकण्ठस्थित वडा ३ मा रहेको रुपेशकै परिवारको ३ आना जग्गामा सुकमानले नयाँ घर निर्माण गरिदिएका छन् । सोही जग्गामा जीर्ण अवस्थाको पुरानो घर अहिले पनि छ । यद्यपि २०७२ को भुकम्पपछि सो पुरानो घरमा बस्न मिल्ने स्थिति छैन । सुकमानले पुरानो घरलाई जीर्णोद्धार गरिदिनुका साथै शौचालय र किचन पनि चाँडै बनाइ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सुकमानका अनुसार नयाँ घर तला थप्न मिल्ने गरी बनाइएकोले माथिल्लो तलामा थप दुई कोठा बनाइदिने पहल पनि भइरहेको छ ।

सुकमानले घरको साँचो हस्तान्तरण गर्नुअघि रुपेशका हजुरबा र हजुरआमालाई खादा लगाइ दिए । त्यसपछि साचो हस्तान्तरण गर्दै भने– ‘मेरो चेलाका लागि सकेसम्मको सहयोग गर्न पाएकोमा म खुशी छु । अब यो घर तपाईंहरुको हो । धेरै चिन्ता गर्नु पर्दैन । नाती (रुपेश) पनि हुर्किसकेको छ । खाइनखाई नातिका लागि धेरै गर्नुभयो अब तपाईंहरुलाई नातिले हेर्ने दिन आउदै छ ।’

सुकमानको सो गुणपछि रुपेशकी हजुरआमाले आँसु थाम्न सकिनन् । रुपेशकी हजुरआमाले आँशु झार्दै भनिन्– ‘उहाँ सर (सुकमान) ले रुपेशका लागि त धेरै गर्नुभएको छ । नातिको खेल, शिक्षालगायतमा सरको ठूलो योगदान छ । पुरानो घर कति खेर भत्किने हो भनेर सधै चिन्ता भइरहन्थ्यो । नयाँ घर बनाइ दिएर हामीलाई ढुक्कसंग बस्ने वातावरण बनाइ दिनुभयो । उहाँलाई धन्यवाद । उहाँ त हाम्राका लागि भगवान सरह नै हो ।’