३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता

पूर्णबहादुरलाई धोविघाटमा प्रश्न- हाम्रा एजेण्डा जेनजीले लगे के लिएर जनताकोमा जाने?

पूर्णबहादुरलाई धोविघाटमा प्रश्न- हाम्रा एजेण्डा जेनजीले लगे के लिएर जनताकोमा जाने?
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफू निकटका नेताहरुसँग छुट्टै छलफल गर्नुभयो तर छलफल उहाँले सोचे जस्तो भएन ।

छलफलमा सहभागी एक सदस्यले न्यूजपोलारसंग भन्नुभयो -जे सोचेर छलफल आयोजना गरिएको थियो तर परिणाम भने सकारात्मक आएन ।

उहाँका अनुसार सो समुहका सात नेता अर्थात सात भाई भनेर चिनिएका नेताहरुले निर्वाचन पछि मात्र महाधिबेशन गर्नु पर्ने र अहिलेकै कार्यसमितिले टिकट बाढ्नु पर्ने पक्षमा आफनो दृष्टिकोण राखेका थिए । तर अधिकासं युवा नेताहरुले नयाँ नेतृत्व , नयाँ बिचार सहित निर्बाचनमा जानु पर्ने दृष्टिकोण राखेका थिए ।

उनिहरुले एमाले र माओबादी महाधिबेशन तयारीमा लाग्दा काँग्रेसले किन सक्दैन भन्ने प्रश्न गरेका थिए । उनिहरुले बिगतमा काग्रेसले निर्वाचन बेला घोषणापत्रमा उल्लेख गर्ने कुरा भ्रष्टाचार नियन्त्रण ,शुसासन , शिक्षा , स्वास्थ्य लगायतका एजेण्डा जेन्जीले हाईज्याक गरेको भन्दै पार्टी एजेण्डा बिहिन हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

केन्द्रीय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति खड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गर्नुभएको हो ।बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिव ७५ जना सहभागी हुुनुहुन्थ्यो । सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि निरन्तर गुट भेला राख्दै आउनुभएको छ ।

उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा अगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आउनुभएको छ । केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्ने सम्मको तयारी इतरपक्षको छ ।