२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीमा साेमबार पनि ६०० बढीकाे मृत्यु, काेराेनाबाट विश्वभर मृतककाे संख्या १६,००० नाघ्याे



अ+ अ-

चीनकाे हुबे प्रान्तबाट फैलिएकाे काेराेनाभाइरस अहिले युराेपका लागि टाउकाे दुखाइ भएकाे छ । खासगरी बृद्धबृद्धाकाे बढी जनसंख्या रहेकाे इटाली र स्पेनमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या घट्नुकाे साटाे अझ बढ्दैछ । विश्वभर काेराेनाभाइरसका कारण १६ हजार ९८ जनाकाे मृत्यु भएकाे छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार साेमबार एकै दिन इटालीमा ६०२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै इटालीमा मात्र मृतककाे संख्या ६ हजार ७८ पुगेकाे छ । संक्रमितकाे संख्या पनि करिब ६४ हजार पुगेकाे छ ।

युराेपकै अर्काे मुलुक स्पेनमा साेमबार ४३४ जनाकाे मृत्यु भएकाे छ, र यहाँ मृतककाे कूल संख्या २ हजार २०६ पुगेकाे छ । यहाँ करिब ३३ हजार मानिस संक्रमित छन् । युराेपकै फ्रान्समा ६७४ जना, बेलायतमा ३३५ जना, नेदरल्यान्डसमा २१३ जना, स्वीट्जरल्यान्डमा ११८ जना, जर्मनीमा ११६ जना, बेल्जियममा ८८ जनाकाे मृत्यु भइसकेकाे छ ।

युराेपका अरू सबैजसाे मुलुकमा काेराेनाबाट मानिसकाे मृत्यु हुनुका साथै संक्रमितकाे संख्या लगातार बढ्दै गएकाे तथ्याँक सार्वजनिक भएका छन् ।

अर्काेतर्फ इरानमा १ हजार ८१२ जनाकाे मृत्यु भएकाे छ भने अमेरिकामा ५०२ जना तथा क्यानडामा २१ जनाकाे मृत्यु भएकाे छ ।

चीनमा भने साेमबार अस्पतालमा उपचारारत ९ जना सहित कूल ३ हजार २७० जनाकाे मृत्यु भइसकेकाे छ ।