१३ भाद्र २०८३, शनिबार
,
Latest
पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिपक्षीय वार्तामा जेनजीबाट को–को हुँदैछन् सहभागी ?



अ+ अ-

काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीचको त्रिपक्षीय वार्ता केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुँदैछ ।

आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाउन सरकारले सघन छलफलको तयारी गरेको हो ।

यो पहिलो पटक हो जब सरकारले राजनीतिक दलका प्रतिनिधिहरूसँगै जेनजी पुस्ताका प्रतिनिधिहरूसँग पनि औपचारिक वार्ता हुँदैछ । छलफलमा १३ जना जेनजी प्रतिनिधि सहभागी हुँदैछन् ।

ती प्रतिनिधिहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।

लामो समयपछिको यस औपचारिक राजनीतिक संवादले निर्वाचनको वातावरण निर्माणमा ठोस आधार तयार गर्ने सरकारको अपेक्षा छ ।