२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना फैलिनुमा एसियाली मूलका अमेरिकीको हात छैन- राष्ट्रपति ट्रम्प



अ+ अ-

कोरोनाभाइरस (कोभिड–१९) लाई चिनियाँ भाइरसको संज्ञा दिएर आलोचना खेपिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीका लागि एसियाली मूलका अमेरिकी नागरिकहरुलाई दोष दिन नमिल्ने बताएका छन् ।

एसियन अमेरिकनहरुलाई ‘अद्भुत मानिस’ को संज्ञा दिँदै ट्रम्पले उनीहरुको सुरक्षा गर्नु महत्वपूर्ण रहेको बताए । एसियाली मूलका अमेरिकी नागरिकहरुमाथि मौखिक र भौतिक आक्रमण बढ्न थालेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिका यतिबेला कोरोनाभाइरसको महामारीसँग लडिरहेको छ । देशमा हालसम्म यस भाइरसको संक्रमणबाट ४३ हजारभन्दा बढी संक्रमित बनिसकेका छन् भने ५ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् ।

सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिका र विश्वभर रहेका हाम्रो एसियन अमेरिकन समुदायको रक्षा गर्नु महत्वपूर्ण छ । उनीहरु अद्भूत मानिसहरु हुन् र भाइरस फैलनुमा उनीहरुको कुनै दोष छैन ।’

ट्रम्पले एसियन अमेरिकनमाथि आक्रण बढेको आफूलाई मन नपरेको बताउँदै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।
सान फ्रान्सिस्को स्टेट यूनिभर्सिटीले गरेको एक अध्ययनमा एसियाली मूलका अमेरिकीहरुमाथि कोरोनभाइरससम्बन्धित भेदभावबारेको समाचारमा ५० प्रतिशतले वृद्धि भएको देखिएको थियो ।
गत हप्ता ट्रम्पले कोरोनाभाइरसलाई ‘चाइना भाइरस’ र ‘चिनियाँ भाइरस’ भनेका थिए । ‘यो भाइरस चीनबाट आएको हो । यो शब्द रंगभेदी हुँदै होइन,’ ट्रम्पको भनाइ थियो । एजेन्सीको सहयोगमा