१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलन छानबिन आयोगका पदाधिकारीविरुद्ध रिटमा कारण देखाऊ आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले गत भदौमा भएको ‘जेनजी आन्दोलन’ छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा सो आदेश जारी गरेको हो । अदालतले विपक्षीलाई छलफलका लागि पनि उपस्थित हुन आदेश दिएको छ ।

रिट दायर गर्ने अधिवक्ता ढकालले आयोगका अध्यक्ष कार्की र सदस्य शर्मा दुवैले छानबिनको विषयमा सार्वजनिक रुपमा धारणा प्रकट गरेको भन्दै उनीहरूमा पूर्वाग्रह देखिएको आरोप लगाएका छन् ।

उनले अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग समेत गरेका छन् ।

रिट निवेदनमा आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्ने भए पनि घटनाबारे पहिले नै धारणा बनाइसकेकाले उनीहरूबाट निष्पक्ष र पूर्वाग्रहरहित छानबिन सम्भव नहुने जिकिर गरिएको छ ।