२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमित युवतीसँग जहाजमा आएका बागलुङका एकयुवा क्वारेन्टाइनमा



अ+ अ-

कठमाडौँ । फ्रान्सबाट कतार हुदै नेपाल फर्किएकी नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित किशोरीसँगै एउटै जहाजमा आएका बागलुङ कोढोरपाटन नगरपालिकाका एक युवालाई पनि घरमै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको खबर छ । ती युवालाई घरैमा सुरक्षित राख्ने तयारी भएको हो । यद्यपि ती युवामा कोरोना संक्रमणको कुनैपनि लक्षण भने देखा परेको छैन । त्यसैले उनलाई घरमानै सुरक्षित तरिकाले राख्ने व्यवस्था मिलाउन लागिएको परिवार र स्थानीय जनप्रतिनिधीले जानकारी दिएका हुन् । यस्तो व्यवस्थाका लागि ढोरपाटनका नगरप्रमुख देव कुमार नेपालीमार्फत आग्रह गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा.मिलन मल्लले जानकारी दिए ।
फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटीभ देखा परेपछि उनीसँगै आएका ती युवाको पनि खोजी सुरु भएको थियो । ढोरपाटन नगरपालिकाले खोजी गर्दा ती युवा घरमै रहेको पाइएको छ । ‘उनको बिषयमा जानकारी लिएर हामी घरमै जाँदैछौं’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले टेलिफोनमा भने ‘कुनै सिमट्म नदेखिएकाले घरमानै अलग्गै वस्न आग्रह गर्ने की चिकित्सकको सल्लाह छ ।’ नगरप्रमुख, वडाअध्यक्ष र स्वास्थ्यकर्मी सहितको टोली उनको घरमा मंगलवार विहान (अहिले) जाँदैछ ।
ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलीपल्ट गृह जिल्ला बागलुङ आएका थिए । अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन् । उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर सार्वजानिक भएपछि गाउँले भयभित भएका छन् । ‘मैले जिल्लामा पनि कुराकानी गरेको छु भयभित हुने अवस्था होईन’ डा. मल्ले भने ‘उहाँमा कुनैपनि सिमट्म देखा परेको छैन, सामान्य सिमट्म देखा परेमात्रै स्वाव जाँचको लागि पठाउँछौं ।’ स्वाव जाँच गर्नुपर्ने अवस्था आए जिल्लाकै टोलीले नमुना संकलन गर्ने मल्लले बताए ।