१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

संक्रमित युवतीसँग जहाजमा आएका बागलुङका एकयुवा क्वारेन्टाइनमा

संक्रमित युवतीसँग जहाजमा आएका बागलुङका एकयुवा क्वारेन्टाइनमा
अ अ+ अ-

कठमाडौँ । फ्रान्सबाट कतार हुदै नेपाल फर्किएकी नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित किशोरीसँगै एउटै जहाजमा आएका बागलुङ कोढोरपाटन नगरपालिकाका एक युवालाई पनि घरमै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको खबर छ । ती युवालाई घरैमा सुरक्षित राख्ने तयारी भएको हो । यद्यपि ती युवामा कोरोना संक्रमणको कुनैपनि लक्षण भने देखा परेको छैन । त्यसैले उनलाई घरमानै सुरक्षित तरिकाले राख्ने व्यवस्था मिलाउन लागिएको परिवार र स्थानीय जनप्रतिनिधीले जानकारी दिएका हुन् । यस्तो व्यवस्थाका लागि ढोरपाटनका नगरप्रमुख देव कुमार नेपालीमार्फत आग्रह गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा.मिलन मल्लले जानकारी दिए ।
फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटीभ देखा परेपछि उनीसँगै आएका ती युवाको पनि खोजी सुरु भएको थियो । ढोरपाटन नगरपालिकाले खोजी गर्दा ती युवा घरमै रहेको पाइएको छ । ‘उनको बिषयमा जानकारी लिएर हामी घरमै जाँदैछौं’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले टेलिफोनमा भने ‘कुनै सिमट्म नदेखिएकाले घरमानै अलग्गै वस्न आग्रह गर्ने की चिकित्सकको सल्लाह छ ।’ नगरप्रमुख, वडाअध्यक्ष र स्वास्थ्यकर्मी सहितको टोली उनको घरमा मंगलवार विहान (अहिले) जाँदैछ ।
ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलीपल्ट गृह जिल्ला बागलुङ आएका थिए । अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन् । उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर सार्वजानिक भएपछि गाउँले भयभित भएका छन् । ‘मैले जिल्लामा पनि कुराकानी गरेको छु भयभित हुने अवस्था होईन’ डा. मल्ले भने ‘उहाँमा कुनैपनि सिमट्म देखा परेको छैन, सामान्य सिमट्म देखा परेमात्रै स्वाव जाँचको लागि पठाउँछौं ।’ स्वाव जाँच गर्नुपर्ने अवस्था आए जिल्लाकै टोलीले नमुना संकलन गर्ने मल्लले बताए ।