२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव : घरमै पुगेर सामाजिक सुरक्षा भत्ता



अ+ अ-

नवलपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्राससँग यहाँको एक स्थानीय तहले घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका–१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो ।

बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बढी भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण हुने त्रासले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याइएको वडाध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । विश्वभर फैलिएको कोरोना भाइरस ज्येष्ठ नागरिकमा चाँडो सङ्क्रमण हुने तथ्य बाहिरिएकाले बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा जनप्रतिनिधिमार्फत घरमा पुगेर वितरण गरिएको सापकोटाको भनाइ छ ।

वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलासहित एक सय जनालाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडा सचिव पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । सेवाग्राहीको घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको कामलाई निरन्ततरता दिइने उहाँले बताउनुभयो ।