१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्नका लागि संवैधानिक इजलास गठन गरिएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सदस्यका रूपमा रहेका छन् ।

उक्त इजलासले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ गर्नेछ ।

प्रतिनिधि सभा विघटनका विरुद्ध दायर गरिएको रिटमाथि यसअघि प्रारम्भिक प्रक्रिया अघि बढाइएको थियो ।

संवैधानिक इजलास गठनसँगै अब मुद्दाको सुनुवाइ औपचारिक रूपमा प्रारम्भ हुने भएको हो ।