२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् । सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा काँग्रेसका संघीय सांसदले उक्त रकम दिने निर्णय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ ।

लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग आग्रह गर्दै काँग्रेस ससंदीय दलले वर्तमान विषम परिस्थितिमा सम्पूर्ण नेपाली एक जुट भई धैर्यसाथ चुनौतीको सामना गर्न अपिल समेत गरेको छ ।