१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवार बिहानैदेखि देशभरको मौसम साधारणतया बदली



अ+ अ-

काठमाडौँ । मंगलवारझैँ बुधवार पनि बिहानैदेखि देशभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानरूमा मध्यम वर्षा/हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको साथै अरव सागरमा बनेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम अनुकुलताका कारण हवाई उडानमा समस्या बनेको छ भने दैनिक जनजीवन पनि कष्टकर बनेको छ । बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम धुमल्लिएको छ । जताततै तुँवालो लागेको छ । आगामी शनिवारसम्म मौसम प्रतिकुल नहुने विभागको भनाइ छ ।