२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवार बिहानैदेखि देशभरको मौसम साधारणतया बदली



अ+ अ-

काठमाडौँ । मंगलवारझैँ बुधवार पनि बिहानैदेखि देशभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानरूमा मध्यम वर्षा/हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको साथै अरव सागरमा बनेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम अनुकुलताका कारण हवाई उडानमा समस्या बनेको छ भने दैनिक जनजीवन पनि कष्टकर बनेको छ । बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम धुमल्लिएको छ । जताततै तुँवालो लागेको छ । आगामी शनिवारसम्म मौसम प्रतिकुल नहुने विभागको भनाइ छ ।