सोलुखुम्बु ।सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज हेलिकोप्टर दुर्घटनामा परेको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले दुर्घटनामा मानवीय क्षति नभएको बताउनुभयो ।
हेलिकोप्टरमा पाइलटबाहेक यात्रु नरहेको र उहाँको अवस्था सकुशल रहेको प्रहरीले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्ने जनाएको छ ।










