३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

ताराखेतमा थकाली ‘होमस्टे’

ताराखेतमा थकाली ‘होमस्टे’
अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ ९घरवास० सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गर्नुभएको हो । उक्त होमस्टेमा एक दिनमा २० जना पाहुना बास बस्न सक्ने क्षमता रहेको छ ।

सिङ्गा तातोपानी, टोड्के, बाबियाचौर, बरंजा, झाँक्रेपानी, दरवाङ घुम्न आउने पाहुनालाई लक्षित गरेर घरका कोठालाई व्यवस्थित गरेर घरबास सञ्चालन गरेको भट्टचनले बताउनुभयो ।

“पाहुनालाई कृषि फार्ममा उत्पादन भएको ताजा तरकारी, दूध, दही, माछा, मासु, अण्डा, स्थानीय गौरीया, गुडुरा जातको धानको भात, कोदोको ढिडो, रोटी, तरकारीका परिकारको स्वाद चखाउने गरेका छौ,” उहाँले भन्नुभयो “पुरानो घरलाई मर्मत गरेर पाहुना राख्ने कोठाहरु बनाएको छु ।”

यसअघि निर्माण व्यवसायमा सक्रीय भट्टचनको परिवारले जिल्ला सदरमुकाम बेनी बजारको बसाइँ छाडेर गाउँ फर्किएर होमस्टे चलाएको हो ।

पाहुनाहरुलाई खुवाउन स्थानीय जातका कुखुरा, बाख्रा, भैसीपालन गर्नुभएको छ । साग र तरकारी पनि फार्मबाटै उत्पादन हुन्छ । एकान्त र शान्त वातावरणमा मौलिक थकाली खानाका परिकारको स्वाद लिन सकिन्छ ।

तोराखेत गाउँ बेनी बजारदेखि १३ किलोमिटर पश्चिमतर्फ रहेको छ । प्राकृतिक उपचार स्थल सिङ्गा–तातोपानी कुण्डमा स्नान गर्न आउने पाहुनाहरु करिब पाँच किलोमिटर सडकमा सवारी साधनको यात्रापछि थकाली होमस्टेमा पुग्ने गरेका छन् ।

तोराखेत विसं २०६४ अघिसम्म व्यापारिक केन्द्र थियो । बाबियाचौर र दरवाङ सडक सञ्जालमा नजोडिँदासम्म बेनीबाट छुट्ने सवारी साधन तोराखेत पुगेर रोकिन्थे र बेनीतर्फ फर्कन्थे ।

बेनी आउने र फर्कनेदेखि मालिका, धवलागिरी र तमानखोला गाउँपालिकाका बस्तिहरुमा खाद्यान्न यहीबाट आपुर्ति हुने गर्दथ्यो । विसं २०६४ मा दरवाङ सिधा सडक सञ्जालमा जोडिएपछि ओझेलमा परेको तोराखेतमा थकाली होमस्टेले चहलपहल बढाउन थालेको छ । रासस