२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमामा अलपत्र परेका नेपालीलाई आउन दिने, १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्ने



अ+ अ-

काठमाडौँ । सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई एक दिनका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको हो ।

मंगलबार कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई मंगलबारसम्म नेपाल प्रवेश गर्न अनुमति दिएको हो। बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ।

सरकारले मंगलवार यसरी नेपाल प्रवेश गरेका उनीहरुले १४ दिनसम्म अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ। उनीहरुलाई क्‍वारेन्टाइनमा बस्‍ने व्यवस्था मिलाउन प्रदेश र स्थानीय सरकारलाई मिलाउन समितिले निर्देशन दिएको छ।