१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

विश्वमा रहेका नेपालीलाई सहमहामन्त्री डा.महतको अपिल

विश्वमा रहेका नेपालीलाई सहमहामन्त्री डा.महतको अपिल
अ अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले विश्वमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कोरोना भाइरसको प्रकोपबाट बच्न र सुरक्षित रहन अपिल गरेका छन् ।

मंगलबार एक विज्ञप्ति प्रकाशन गरी डा.महतले नेपाली डायस्पोरा विश्वमा नै छरिएर रहेको र अहिले लगभग विश्व नै ‘कोभिड १९’ भाइरसको प्रकोपबाट पीडित रहेको अवस्थामा सबैतिर रहेका नेपालीलाई यस महामारीको प्रकोपबाट सुरक्षित र स्वस्थ रहन अपिल गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्– यतिखेर विश्व नै कारोना भाइरसको संक्रमणबाट पीडित छ र धेरै प्रभावित भएका देशहरुमा पनि ठूलो संख्यामा नेपाली दाजुभाइ दिदीबहिनीहरु रहेकोले आफू रहेका ठाउँमा पहिला आफू सुरक्षित हुनुहोस् र अरुलाई सुरक्षित बनाउनका लागि पनि आफ्नो ठाउँबाट सहयोग पुर्याउनुहोस् भनी म अपिल गर्न चाहन्छु ।

यस प्राणघातक भाइरसबाट तपाईँहरुको सुरक्षा र सुस्वास्थ्यका लागि म भगवानसँग प्रार्थना गर्दछु– पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले विज्ञप्तिमा भनेका छन् ।

साथै उनले सो विज्ञप्तिमा विश्वका विभिन्न देशमा रहेका सबै नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघलाई यस्तो संकटको बेलामा सबै नेपालीलाई सहयोग र सुरक्षा प्रदान गर्न नेतृत्वदायी भूमिकामा रहेर काम गर्न पनि अपिल गरेका छन् ।

अहिले कुनै एक देश या क्षेत्र विशेषले नभएर विश्वले नै यो अकल्पनीय संकटको सामना गरिरहेको र यसले विश्वको अर्थतन्त्र, व्यवसायमा मात्र नभएर नागरिकको जीवन पद्दतिमाथि नै धावा बोलिरहेको अवस्थामा धैर्य र संयमताका साथ आ–आफ्नो ठाउँमा स्वस्थ र सुरक्षित भएर बस्न उनले सबैलाई आग्रह गरेका छन् ।

हाल विश्वका विभिन्न देशले यो संकटको सामना गरिरहेको र पछिल्लो समयमा नेपाल पनि यसबाट अछुतो रहन नसकिरहेको अवस्थामा नेपालको सरकार र नेपाली जनताले विश्वले भोगिरहेको यो समस्या र संकटबाट सिकेर यो महामारीलाई निस्तेज पार्न विश्वका सफल उदाहरणहरुलाई अनुशरण गर्दै बढी भन्दा बढी प्रभावकारी रुपमा काम गर्न सहमहामन्त्री डा.महतले अपिल गरेका छन् ।