२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य



अ+ अ-

कर्णाली । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो । जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । 

त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिनुभयो । 

आठौँ महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु भने केन्द्रीय सदस्यविहीन बनाइएको छ । केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनीत केन्द्रीय सदस्य लिने बताउनुभयो । उहाँका अनुसार मुगुका नेता मङ्गल शाही केन्द्रीय सदस्यमा मनोनीत हुने देखिएको छ । केन्द्रको २३६ केन्द्रीय कार्य समिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य सङ्ख्या रहेको छ । रासस