२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी प्रकरणमा पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी प्रकरणमा पक्राउ परेका छन् ।

प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टचनलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको हो ।

सीआईबीको टोलीले भट्टचनबाट केही कागजातसमेत जफत गरेको छ ।

बैंक, हेलिकोप्टर, सहकारीसहित कयौँ व्यापारिक संस्था चलाइरहेको प्रभु ग्रुपको त्यस कम्पनीमाथि रेमिट्यान्स भुक्तानीको रकम फिर्ता नगरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्ट प्रालिले कम्तिमा पनि १६ वटा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा छानबिन चलिरहेको थियो ।

त्यसबेला प्रभु म्यानेजमेन्टका अध्यक्षमा उनै देवीप्रसाद भट्टचन थिए । भट्टचन २०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका थिए । तर अहिले उक्त कम्पनी कुसुम लामाले सम्हालिरहेकी छन् ।

विदेशबाट आउने रेमिट्यान्स वितरणका लागि एजेन्ट बनाइदिने भन्दै प्रभु म्यानेजमेन्टले सहकारीहरूबाट रकम लिएको खुलेको छ । तर उक्त रकम फिर्ता नगरेपछि पीडित सहकारीहरूले उजुरी दिएका थिए । एजेन्ट पनि भट्टचनकै कार्यकालमा बनाइएको थियो ।

भट्टचन नेतृत्वको कम्पनीले रकम फिर्ता नगरेको भन्दै गोरखा जिल्लाका सहकारीहरूले संयुक्त रूपमा ९९ लाख ३७ हजार रुपैयाँ ठगी भएको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

प्रभु म्यानेजमेन्टले गोरखास्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २ लाख २२ हजार, गोरखा बचत तथा ऋण सहकारी संस्थाको ३ लाख १४ हजार रुपैयाँ, दैनिक उत्थानको १० लाख १० हजार, भीमसेन–८ को सिर्जनशील बचतको १७ लाख २० हजार, भीमकुल बचतको ३ लाख ९२ हजार र सिद्धिगणेश बचतको १ हजार ५ सय रुपैयाँ फिर्ता नदिएको खुलेको थियो ।

सनराइज बचतको १ लाख ५ हजार, सुलिकोट बहुउद्देश्यीय बचतको १३ लाख १३ हजार र ससारी बचतको ५ लाख ८ हजार रुपैया फिर्ता लिन बाँकी थियो ।

उता गोरखकाली बचतको ३ लाख, महिला जागरण बारपाक सुलिकोट बचतको १ लाख १० हजार, गोरखा उद्यमशील बचतको ३ लाख ११ हजार, चम्पावती बचतको ३ लाख ८ हजार, थालाजुङ विकास बहुउद्देश्यीय बचतको २ लाख ४० हजार, सप्तकोशी बचतको २ लाख ४१ हजार र शीतला बचतको २८ लाख ३५ हजार लिन बाँकी रहेको पीडितहरूले बताएका थिए ।

प्रभु म्यानेजमेन्टले देशभर चार सय सहकारीलाई एजेन्ट बनाउँदा धरौटी रकम लिएको थियो । तर रेमिट्यान्सबापत सहकारीले भुक्तानी गरेको रकम यो कम्पनीले फिर्ता दिएको थिएन। यो कम्पनीले सहकारीहरूको करिब १ अर्ब रकम फिर्ता नदिएको सीआईबीको अनुसन्धानबाट पनि खुलेको छ।

अर्कातिर भक्तपुरका १८ वटा सहकारी संस्थाको ५२ लाखभन्दा बढी रकम प्रभु म्यानेजमेन्टले दिएको थिएन । प्रभु म्यानेजमेन्टले २ वर्षदेखि सम्झौताअनुसार भुक्तानी रोकेको पीडितहरूको गुनासो थियो ।