२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले कोरोनालाई ‘जैवीक हतियार’ बनाएको भन्दै अमेरिकी वकिलले दायर गरे मुद्दा



अ+ अ-

वासिङ्टन । कोरोना भाइरस सिर्जना गरेको र फैलाएको भन्दै अमेरिकी वकिल ल्यारी क्लाम्यानले चीनविरुद्ध २० ट्रिलियन अमेरिकी डलरको मुद्दा दायर गरेका छन् । ल्यारीले ‘फ्रिडम वाच’ र ‘बज फ्रिडम’ले अमेरिकी टेक्ससस्थित जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका हुन् ।

कोरोना भाइरसलाई चीनले ‘युद्धका लागि जैवीक हतियारको रुपमा डिजाइन गरेको’ कानुन व्यवसायी ल्यारीको आरोप छ । यसरी चीनले अमेरिकी कानुन, अन्तर्राष्ट्रिय कानुन, सन्धि तथा सम्झौताको उल्लंघन गरेको उनको दावी छ ।

पहिलो पटक चीनको वुहानमा भेटिएको कोरोना भाइरस अहिले १ सय ८९ देशमा फैलिसकेको छ । कोरोना भाइरसबाट ३ लाख ३४ हजार संक्रमित रहेका छन् भने १४ हजार ५ सयको ज्यान गइसकेको छ । वकिल ल्यारीले आफ्नो मुद्दामा चीनले आम जनताको हत्या गर्न प्रभावकारी र विनाशकारी जैवीक हतियार बनाएको उल्लेख छ ।