२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा तीन साता लामो लकडाउन, माेदीले भने- याे कर्फ्युजस्तै हाे ।



अ+ अ-

नयाँदिल्लीः

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्यरातदेखि लागू हुने गरी देशभर २१ दिन लामाे लकडाउन घोषणा गरेका छन् । मंगलबार साँझ टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले याे लकडाउन कर्फ्युजस्तै रहेकाे बताए ।

उनले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ । घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’

सम्बोधनका क्रममा उनले एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’ स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने मोदीले बताए । स्वास्थ्यसम्बन्धी पूर्वाधार मजबुत बनाउन केन्द्र सरकारले आजै १५ हजार करोड रुपैयाँ छुट्याएको पनि उनले बताएका छन् ।

भारतका विभिन्न राज्यले काेराेना भाइरसकाे शंका लागेका क्षेत्र, जिल्ला र पूरै राज्यलाइ लकडाउन गरिएकाे घाेषणा गरेका छन्, तर ती त्यति प्रभावकारी नभएकाे र मानिसहरू सरकारकाे अनुराेधलाइ बेवास्ता गर्दै घरबाहिर हिँडडुल गरिरहेकाे भारतीय टेलिभिजनहरूले प्रशारण गरेका छन् । यसबाट सरकारमाथि थप कडाइ गर्न बाध्य बनाएकाे हाे ।

भारतमा पछिल्लाे विवरण अनुसार ५१९ जनामा काेराेना संक्रमण भएकाे देखिएकाे र १० जनाकाे मृत्यु भएकाे छ ।