२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालको अवस्थामा चुनावको विकल्प छैन-हितबहादुर तामाङ



File photo
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले आगामी फागुन २१ गते हुने निर्वाचनको निम्ति वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

यहाँ आज आयोजित ‘संसद् पुनःस्थापना कि निर्वाचन’ विषयक अन्तररक्रिया उहाँले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नरहेको र त्यसका लागि सरकारले वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

नेता तामाङले भन्नुभएको छ, “चुनावको निमित्त राजनीतिक दल र नागरिक समाजलाई विश्वस्त तुल्याउनुपर्छ । चुनाव निष्पक्ष हुन्छ, नागरिकले स्वतन्त्र ढङ्गले निर्वाचनमा भाग लिन पाउँछन् र निर्वाचन शान्तिपूर्ण ढङ्गले हुन्छ भन्ने कुरा राज्यको संयन्त्रलाई पनि विश्वास  हुनुपर्यो।”

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त आफ्नो पार्टी तयार रहेको पनि बताउनुभयो ।  कार्यक्रममा नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गबाट हुन्छ भन्ने कुराको सुनिश्चितता गरिनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेता जोडिएका भए छानबिन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

नेता पोखरेलले भन्नुभयो, “भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका कोही पनि मान्छे परेका छन् भने छानबिन गरियोस् । हाल हामी सरकारमा छैनौँ, त्यसैले हाम्रो आग्रह छ एमालेलगायत नेतामाथि छानबिन होस् ।” रासस