१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

थानीमाई मन्दिरमा एकैदिन ८६ फूलका डोली भित्रिए



अ+ अ-

तनहुँ। जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा आज एकैदिन ८६ वटा फूलको डोली भित्रिएका छन् ।

तनहुँबाट ३५, लमजुङबाट २५, गोरखाबाट १२, चितवनबाट आठ, पोखराबाट चार, नवलपरासी र काठमाडौँबाट एक÷एक गरी ८६ फूलका डोली भित्र्याइएको हो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले सोमबार सत्यनारायणको पूजा गरी तयार गरिएका फूलका डोली मन्दिरमा चढाउने परम्परा रहेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “सात सय जना भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेका छन् भने आठ हजार ८७७ जनाले दर्शन गरेका छन् । विसं २०७२ मा एकैदिन एक सय १५ वटा डोली भित्र्याइएको थियो । त्यसपछि आजकै दिन धेरै फूलको डोली आएको हो ।”

कात्तिकको पहिलो मङ्गलबार औँशी परेकाले फूलको डोली भित्र्याइएको हो । यहाँ एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर मन्दिरको ढोका खोलिदैन । विशेष गरी कात्तिक र माघ महिनामा यहाँ ठूलो मेला लाग्ने र अन्य महिनामा भने सामान्य हुने गरेको सो समितिले जनाएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न ठाउँबाट भक्तजन पूजाअर्चनाका लागि यहाँ आउने गर्दछन् ।

भक्तजनले फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् । परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ भने त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ ।

आज मन्दिरमा फूलको डोली चढाउनेको भीड लागेको थियो । भक्तजनले चढाएको भेटी र दान गरी आज मात्र  करिब रु ९० हजार सङ्कलन भएको मन्दिर संरक्षण समितिका सचिव हर्कबहादुर थापाले बताउनुभयो ।

हाल मन्दिरसम्म पुग्ने सडक निर्माण गरिएकाले भक्तजनको सङ्ख्या पनि बढ्न थालेको छ । यस्तै, समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मीबजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खला देख्न पाइने भएकाले पनि आकर्षण बढ्दै गएको छ । रासस