१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोना अपडेटः विश्वभर १८ हजारभन्दा बढीको मृत्यु, इटालीमा मंगलबार ७४३ जनाको ज्यान गयो

कोरोना अपडेटः विश्वभर १८ हजारभन्दा बढीको मृत्यु, इटालीमा मंगलबार ७४३ जनाको ज्यान गयो
अ अ+ अ-

चीनको हुबे प्रान्तबाट फैलिएको कोरोनाभाइरस अहिले युरोपमा केन्द्रित भएकाे छ । खासगरी बृद्धबृद्धाको बढी जनसंख्या रहेको इटाली र स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्नुको साटो अझ बढ्दैछ । विश्वभर कोरोनाभाइरसका कारण १८ हजार २५० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार इटालीमा ७४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मात्र मृतकको संख्या ६ हजार ८२० पुगेको छ । संक्रमितको संख्या पनि करिब ६९ हजार पुगेको छ ।

युरोपकै अर्को मुलुक स्पेनमा मंगलबार थप ४४९ जनाको मृत्यु भएको छ, र यहाँ मृतकको कूल संख्या २ हजार ८०० पुगेको छ । यहाँ करिब ३९ हजार मानिस संक्रमित छन् । युरोपकै फ्रान्समा ८६० जना, बेलायतमा ४२२ जना, नेदरल्यान्डसमा २७६ जना, स्वीट्जरल्यान्डमा १२२ जना, जर्मनीमा १४९ जना, बेल्जियममा १२२ जनाको मृत्यु भइसकेको छ ।

युरोपका अरू सबैजसो मुलुकमा कोरोनाबाट मानिसको मृत्यु हुनुका साथै संक्रमितको संख्या लगातार बढ्दै गएको तथ्याँक सार्वजनिक भएका छन् ।

अर्कोतर्फ इरानमा १ हजार ९३४ जनाको मृत्यु भएको छ भने अमेरिकामा ६२२ जना तथा क्यानडामा २४ जनाको मृत्यु भएको छ ।

चीनमा भने सोमबार अस्पतालमा उपचारारत ७ जना सहित कूल ३ हजार २७७ जनाको मृत्यु भइसकेको छ ।