१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

कोरोनाबाट १९६ देश प्रभावित

कोरोनाबाट १९६ देश प्रभावित
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार झण्डै चार लाख मानिस कोरोना सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार मङ्गलबार साँझसम्मको आँकडामा तीन लाख ९२ हजार ४३५ जना सङ्क्रमित देखिएका छन् । यसमध्ये १७ हजार १४८ को मृत्यु भइसकेको छ । त्यस्तै एक लाख ३ हजार ३९५ जना उपचारपछि घर फर्केका छन् । दुई साताअघि घर फर्कनेको सङ्ख्या र बाँकी सङ्क्रमितको सङ्ख्या झण्डै आधा आधा जस्तै थियो । तर पछिल्लो समय कोरना फैलिएका देश र सङ्ख्या ह्वात्तै बढेको छ ।

मृतकहरूको सबभन्दा बढी सङ्ख्या इटलीमा रहेको छ । यहाँका ६३ हजार ९२७ सङ्क्रमितमध्ये अहिलेसम्म छ हजार ७७ को मृत्यु भइसकेको छ । शनिबार मात्रै ७९३ मानिसको मृत्यु भएको पुष्टि त्यहाँको सरकारले गरेको छ । इटलीभन्दा एक महिनाअघि कोरोना निस्किएको भएको चीनमा ८१ हजार ५४ सङ्क्रमितमध्ये तीन हजार २६१ जनाको ज्यान गुमेको थियो । यस मृत्युदरले विश्वलाई चकित पारेको छ । इटलीका प्रधानमन्त्री गिउसेप कान्टेले आफ्नो देशमा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा बढी क्षति भएको बताउनुभएको छ ।

इटलीपछि इरानमा एक हजार ५५५ जनाको मृत्यु भएको छ । सङ्क्रमितका हिसाबले इटलीपछि स्पेन छ । इरानमा २४ हजार ८११ सङ्क्रमित फेला परेका छन् । स्पेनमा तीव्र गतिले बढ्दै ३९ हजार ६७३ सङ्क्रमित पुगे । त्यहाँ दुई हजार २९६ को मृत्यु भएको छ । स्पेनपछि सङ्क्रमित र मृत्युदर बढ्दो देश अमेरिका हो । अमेरिकामा कुल सङ्क्रमित ह्वात्तै बढेर दुई दिनमै ४६ हजार १६८ पुगेको छ । त्यहाँ ५८२ को ज्यान गइसकेको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।