१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यावश्यक वस्तुको पसल खुला राख : सरकार



अ+ अ-

काठमाडौं । सरकारले खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण तथा खाना पकाउने ग्यास (एलपी ग्यास)का पसल नियमित सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले यसका लागि पसलमा भीड नगर्न र सुरक्षित रही कम्तीमा १ मिटरको दूरी राखी लाइनमा बस्न समेत आग्रह गरेको छ ।

मंगलवारदेखि सुरू भएको देशव्यापी लकडाउनका कारण खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री, खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुका पसल बन्द भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता पसल नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध पानीलगायत दैनिक उपभोग्य सामग्री बोक्ने ढुवानीका सवारी सञ्चालन गर्न समेत निर्देशन दिएको छ । पसलमा काम गर्ने सबैलाई अनिवार्य मास्क लगाउन र समयसमयमा स्यानिटाइजर र साबुनपानीले हात धुन पनि सरकारले आग्रह गरेको छ । यसका लागि ढुवानीकर्ता एवं विक्रेता कम्पनीले मास्क, स्यानिटाइजर लगायत सुरक्षा सामग्रीको सुविधासहित मजदूरको व्यवस्था गर्नुपर्नेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।