१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनाले त्रसित भएका बेला देखियो हान्ता भाइरस, कस्ता देखिन्छन् लक्षणहरु

कोरोनाले त्रसित भएका बेला देखियो हान्ता भाइरस, कस्ता देखिन्छन् लक्षणहरु
अ अ+ अ-

काठमाडौं । विश्वभर मानिसहरु कोरोना भाइरसले त्रसित भएका बेला हान्ता भाइरसले चिन्ता बढाएको छ । चीनमा हान्ता भाइरसका कारण २३ मार्चमा एक व्यक्तिको मृत्यु भएको खबर छ ।

ग्लोबल टाइम्सको खबर अनुसार हान्ता भाइरस संक्रमित व्यक्ति जुन बसमा सवार थिए, त्यहाँ सवार ३२ जनाको परीक्षण गरिएको छ । यो खबर सार्वजनिक हुने बित्तिकै ट्वीटरमा हान्ता भाइरस शीर्ष स्थानमा ट्रेन्ड गर्न थाल्यो ।

तर यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न आखिर हान्ता भाइरस कसरी फैलिन्छ भन्ने हो ।

हान्ता भाइरसको लक्षणः

सीडीसीको रिपोर्ट अनुसार हान्ता भाइरस मुसाबाट फैलन्छ ।

यदि कोही व्यक्तिले मुसाको मल–मूत्र वा (याल छोएपछि हातले अनुहारलाई छुन्छ भने संक्रमित हुने आशंका बढ्छ ।

यद्यपि, साधारणतया हान्ता भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । हान्ताको संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ हप्ताको समय लाग्नसक्छ ।

यदि कोही व्यक्ति हान्ता भाइरसद्वारा संक्रमित छ भने उसलाई ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिन सक्छ ।

हान्ता संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रँदा फोक्सोमा पानी भरिन थाल्छ र सास फेर्न समस्या पनि हुनसक्छ ।

जनवरी सन् २०१९ मा पेटागोनियामा हान्ताको संक्रमणले ९ जनाको ज्यान लिएको थियो । त्यसपछि पर्यटकलाई पनि यसबारे चेतावनी दिइएको थियो ।

त्यतिबेलादेखि अहिलेसम्म हान्ता भाइरसका ६० संक्रमित भेटिएको अनुमान गरिएको छ । तीमध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

सीडीसीलाई विश्वास गर्ने हो भने हान्ता भाइरसमा ३८ प्रतिशत मृत्युदर हुन्छ र यो रोगको कुनै निश्चित उपचार पनि छैन ।