२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले त्रसित भएका बेला देखियो हान्ता भाइरस, कस्ता देखिन्छन् लक्षणहरु



अ+ अ-

काठमाडौं । विश्वभर मानिसहरु कोरोना भाइरसले त्रसित भएका बेला हान्ता भाइरसले चिन्ता बढाएको छ । चीनमा हान्ता भाइरसका कारण २३ मार्चमा एक व्यक्तिको मृत्यु भएको खबर छ ।

ग्लोबल टाइम्सको खबर अनुसार हान्ता भाइरस संक्रमित व्यक्ति जुन बसमा सवार थिए, त्यहाँ सवार ३२ जनाको परीक्षण गरिएको छ । यो खबर सार्वजनिक हुने बित्तिकै ट्वीटरमा हान्ता भाइरस शीर्ष स्थानमा ट्रेन्ड गर्न थाल्यो ।

तर यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न आखिर हान्ता भाइरस कसरी फैलिन्छ भन्ने हो ।

हान्ता भाइरसको लक्षणः

सीडीसीको रिपोर्ट अनुसार हान्ता भाइरस मुसाबाट फैलन्छ ।

यदि कोही व्यक्तिले मुसाको मल–मूत्र वा (याल छोएपछि हातले अनुहारलाई छुन्छ भने संक्रमित हुने आशंका बढ्छ ।

यद्यपि, साधारणतया हान्ता भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । हान्ताको संक्रमण भए नभएको पत्ता लगाउन एकदेखि आठ हप्ताको समय लाग्नसक्छ ।

यदि कोही व्यक्ति हान्ता भाइरसद्वारा संक्रमित छ भने उसलाई ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिन सक्छ ।

हान्ता संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रँदा फोक्सोमा पानी भरिन थाल्छ र सास फेर्न समस्या पनि हुनसक्छ ।

जनवरी सन् २०१९ मा पेटागोनियामा हान्ताको संक्रमणले ९ जनाको ज्यान लिएको थियो । त्यसपछि पर्यटकलाई पनि यसबारे चेतावनी दिइएको थियो ।

त्यतिबेलादेखि अहिलेसम्म हान्ता भाइरसका ६० संक्रमित भेटिएको अनुमान गरिएको छ । तीमध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

सीडीसीलाई विश्वास गर्ने हो भने हान्ता भाइरसमा ३८ प्रतिशत मृत्युदर हुन्छ र यो रोगको कुनै निश्चित उपचार पनि छैन ।