१४ आश्विन २०८१, सोमबार
,
Latest
बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा पच्चीस हजार ५०० मतादाता थपिए



अ+ अ-

दाङ । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतादाता थपिएका छन् । पहिलो चरणअन्तर्गत  बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो ।

पालिकाका प्रत्येक वडामा फरक फरक समयमा पालैपालो मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उहाँले बताउनुभयो । घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितकोे मतदाता नामावली सङ्कलन भइरहेको छ । 

बसाइँसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली सङ्कलन हुने भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक पाँच सयदेखि नौ सयसम्मको नाम दर्ता हुँदै आएको छ । विशेष अभियान सुरु हुनुुपूूर्व दाङमा तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए । पछिल्लो समय थप भएका २५ हजार  ५०० सहित चार लाख तीन हजार मतदाता सङ्ख्या पुगेको छ । नामावली दर्ता गर्न छुटेका, १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेका सबैलाई नामावली दर्ता गर्न प्रमुख भट्टराइले आग्रह गर्नुभएको छ । रासस