१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

दुई दिनमा राष्ट्र बैंकबाट तीन अर्ब बाहिरियो

दुई दिनमा राष्ट्र बैंकबाट तीन अर्ब बाहिरियो
अ अ+ अ-

काठमाडौँ । सरकारले आवश्यकबाहेक सबै सेवा (क्षेत्र) बन्द गरेपछि बैंक तथा वित्तीय संस्थाबाट नगद निकाल्ने क्रम बढेको छ । एटीएमबाट धेरै पैसा झिकिएको बैंकहरुले बताएका छन् । दुईचार दिनयता ढुकुटीबाट ठूलो पैसा बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

‘आइतबार र सोमबार मात्र बैंक तथा वित्तीय संस्थाले तीन अर्ब रुपैयाँभन्दा बढी पैसा लगेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बिदाको समयमा नगद व्यवस्थापनका लागि पनि बैंकहरुले पैसाको जोहो गरेका हुन सक्छन् । बैंकहरुले राष्ट्र बैंकबाट ल्याएको पैसा बराबर नै ग्राहक (सर्वसाधारण) ले नगद झिकेको भन्ने होइन । राष्ट्र बैंकबाट ल्याइएको पैसा उनीहरुले केही बैंकको ‘भल्ट’ मा राख्छन्, केही एटीएम मेसिनमा ।

केही दिनयता सर्वसाधारणले आफूसँग नगद राख्न र आवश्यक सामान किन्न नगद माग बढाएको सूचना प्राप्त भएको बैंकर्स संघले बताएको छ । ‘सर्वसाधारणले बैंकहरुबाट नगद माग बढाएको सुन्नमा आएको छ,’ संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘बन्दका कारण यकिन तथ्यांक आइसकेको भने छैन ।’ सरकारले ‘लकडाउन’ नै गरेपछि ग्राहकले केही नगद आफैसँग राख्न खोज्नु स्वाभाविक भएको शर्माको भनाइ छ ।

राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहन गरेका छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण विद्युतीय बैंकिङका कारोबारको शुल्क मिनाहा गरेका छन् । राष्ट्र बैंकले पनि आरटीजीएस प्रणालीको कारोबार निःशुल्क बनाएको छ भने विद्यतीय कारोबारको सीमा पनि बढाएको छ । नेपाल क्लियरिङ हाउसले पनि आईपीएस कनेन्टको शुल्क निःशुल्क गरेको छ । यी कारणले पछिल्ला दिनमा विद्युतीय बैंकिङ कारोबार बढेको राष्ट्र बैंक तथा बैंकरहरुको दाबी छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत सोमबारसम्म ५ खर्ब ३४ अर्ब रुपैयाँ बराबरका मुद्रा चलनमा छन्  । राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको मानिन्छ । आफ्नो आवश्यकता पूर्ति गर्न उक्त पैसा नागरिकले आफूसँग राख्ने भएकाले यसलाई चलनमा रहेको भनिएको हो ।

आवश्यकताअनुसार केन्द्रीय बैंकले बजारमा पैसा (नोट) आपूर्ति गर्ने काम गर्छ । यसकारण बजारमा पैसाको माग धेरै भएको समयमा धेरै र कम भएको समयमा कम मुद्रा चलनचल्तीमा रहन्छ  । हाल १, २, ५, १०, २०, २५, ५०, १ सय, २ सय ५० र १ हजार दरका नोट चल्तीमा छन् । केही वर्षयता राष्ट्र बैंकले १, २, २५ र २ सय ५० दरका नोट छाप्न छाडेको छ । अहिले राष्ट्र बैंकले ती दरका नोट छपाइ नगरे पनि यसअघि छापिएका नोट सर्वसाधारणसँगै रहेकाले अझै चल्तीमै रहेको भनी गणना गरिएको हो ।

गत भदौ १ देखिको व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिए प्रहरीले सिधै पक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।