२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमा नाकामा अलपत्र परेका सयौ नेपालीको २८ घण्टापछि उद्धार



अ+ अ-

धनगढी । लकडाउनका कारण भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई २८ घण्टापछि उद्धार गरिएको छ । सोमबारदेखि नै सीमामा रोकिएका नेपालीलाई मंगलबार राति करिब १० बजे कैलाली प्रवेश गर्न दिइएको हो ।

घण्टौंसम्म नाकामा अलपत्र परेकाहरुले नेपाल प्रवेश गर्न दिनुपर्ने माग गर्दै प्रदर्शनसमेत गरेका थिए । संघीय सरकारको निर्देशनपछि घरमै क्वारेन्टाइनमा बस्ने सर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

त्रिनगर भन्सार भएर नेपाल प्रवेश गरेका उनीहरुलाई प्रदेश सरकारको समन्वयमा बसमा राखेर घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।

कोरोना संक्रमण फैलिँदै गएको भारतबाट नेपालीहरु बिभिन्न नाका हुँदै धमाधम नेपाल भित्रिइरहेका छन् । यसले नेपालमा पनि कोरोनाको संक्रमण फैलिने जोखिम बढेको छ ।