१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

अझै सयौ नेपाली दिल्लीमै अलपत्र

अझै सयौ नेपाली दिल्लीमै अलपत्र
अ अ+ अ-

नयाँदिल्ली । कोरोना महामारीको त्रास बढ्दै गएपछि नेपाल जान हिँडेका करिब दुई सय नेपाली अझै दिल्लीमा अलपत्र परेका छन् । महामारीको त्रासले भारतमा कामगर्दै आएको व्यापार व्यवसाय बन्द भएपछि उनिहरु नेपाल जान भनेर हिँडेका हुन् ।

भारतको केन्द्रीय तथा राज्य सरकारहरुले कोरोना महामारी फैलन नदिन लकडाउन गरेपछि भारतभरि नै व्यापारव्यवसाय ठप्प हुन पुगेको छ । जसका कारण भारतका दिल्ली लगायतका विभिन्न शहरमा काम गर्दै आएका नेपालीहरु घर जाने बेलामा यात्रुवाहक रेल र बससेवा बन्दसँगै पुरै भारतभर लकडाउन गरिएका कारण सबै जना दिल्ली र छेउछाउमा त्यसै अलपत्र परेका हुन्।

यिनीहरुमध्ये ८० भन्दा बढी नोयडा सेक्टरमा अलपत्र छन् । उनीहरुमध्ये पचासभन्दा बढी अधिकांश त्यही क्षेत्रमा क्यान्टिन, पसल र ठेलागाडा चलाउनेलगायतका पेशामा संलग्न थिए।

त्यसैगरी करीब पचासभन्दा बढी हरियाणाको गुवगावँको मेदान अस्पताल छेउछाउमा अलपत्र परेको बताइएको छ । बैंग्लोरबाट आएका २५ जना त दिल्लीकै छतरपुरमै विगत तीन दिनदेखिनै अलपत्र अवस्थामा छन् । यसका अतिरिक्त गोवाबाट आएका दश जना दिल्लीको पन्जाबी बागमा अलपत्र छन् ।

प्रवासी नेपाली संगठनहरुले पनि यसरी अलपत्र परेका नेपालीहरुलाई नेपाल सरकारले भारतसरकारसँग समन्वय गरेर उचित प्रबन्ध गर्नुपर्ने माग गरेका छन् । तर, दिल्लीस्थित नेपाली दूतावासले भने अलपत्र परेका सबै नेपालीहरुलाई घर लैजान सम्भव नभए पनि आवश्यक परेको खण्डमा खाना र आकस्मिक उपचारको व्यवस्थ गर्न तयार रहेको बताएको छ ।