३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

ट्रम्प टोकियोमा : एसिया भ्रमणको दोस्रो चरणमा जापानका नयाँ प्रधानमन्त्रीसँग पहिलो भेट

ट्रम्प टोकियोमा : एसिया भ्रमणको दोस्रो चरणमा जापानका नयाँ प्रधानमन्त्रीसँग पहिलो भेट
अ+ अ-

टोकियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान आइपुग्नुभएको छ ।

उहाँको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो । यो भेटलाई दुई देशबीचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले मलेसियाको २४ घण्टे भ्रमणको समापन गर्दै त्यहाँका अधिकारी र जनताप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेख्नुभएको थियो, “अभिनव र जीवन्त देश मलेसिया छोड्दैछु ।

व्यापार र दुर्लभ पृथ्वी तत्वसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरियो, साथै थाइल्यान्ड र कम्बोडियाबीच ऐतिहासिक शान्ति सन्धि सम्पन्न भयो । युद्ध होइन, शान्ति! लाखौँको जीवन बच्यो — यो कार्य गर्न पाउनु मेरो लागि गर्वको विषय हो । अब, जापानतर्फ यात्रामा निस्किएँ!”

एसियाली राष्ट्रहरूको सम्मेलन (आसियान शिखर सम्मेलन) का क्रममा राष्ट्रपति ट्रम्पले अक्टोबर २५ मा जापानकी नयाँ प्रधानमन्त्री ताकाइचीसँग पहिलोपटक टेलिफोन वार्ता गर्नुभएको थियो । जापानी प्रधानमन्त्री कार्यालयका अनुसार करिब १० मिनेट लामो संवादमा दुवै नेताले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय स्थिरता र सहयोग विस्तारमा जोड दिनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री ताकाइचीलाई ऐतिहासिक विजयका लागि बधाई दिँदै जापान–अमेरिका गठबन्धनलाई सुदृढ पार्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पुनः पुष्टि गर्नुभएको थियो । उहाँले भन्नुभयो, “जापान हाम्रो इन्डो–प्यासिफिक रणनीतिक भागीदारीको केन्द्रमा रहेको मित्रराष्ट्र हो ।”

प्रतिक्रियामा प्रधानमन्त्री ताकाइचीले अमेरिकासँगको सम्बन्धलाई ‘इन्डो–प्यासिफिक क्षेत्रमा अपरिहार्य साझेदारी’ भनेर वर्णन गर्दै स्वतन्त्र र खुला इन्डो–प्यासिफिक (एफओआइपी) दृष्टिकोण साकार पार्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभयो । साथै, उहाँले पश्चिम एसियाको शान्ति सन्धि सम्भव गराउन ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै अपहरण पीडितहरूको मुद्दामा अमेरिकी सहयोग निरन्तर रहोस् भन्ने आग्रह गर्नुभयो ।

दुवै नेताले आगामी भेटप्रति उत्साह प्रकट गर्नुभएको छ । प्रधानमन्त्री ताकाइचीले ट्रम्पलाई जापानमा स्वागत गर्न आतुर रहेको बताउनुभयो भने राष्ट्रपति ट्रम्पले पनि उहाँसँग प्रत्यक्ष भेटको प्रतीक्षा गरिरहेको जनाउनुभयो ।

राष्ट्रपति ट्रम्पको हालको तीनदिने जापान भ्रमण लगभग छ वर्षपछि हुन लागेको पहिलो भ्रमण हो । क्योदो न्युजका अनुसार यो भ्रमणले द्विपक्षीय सहयोग र दीर्घकालीन गठबन्धनलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ताकाइचीले यस महिनाको सुरुमा जापानको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहास रच्नुभएको थियो । उहाँले अक्टोबर ४ मा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व जित्नुभयो र त्यसपछिको संसदीय मतदानमा ४६५ मध्ये २३७ मत प्राप्त गरी आधिकारिक रूपमा प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमणका क्रममा जापानका सम्राट नारुहितोलाई पनि भेट्ने कार्यक्रम रहेको छ । उहाँले यस अवसरलाई ‘जापान–अमेरिका गठबन्धनलाई अझ सुदृढ पार्ने ऐतिहासिक क्षण’ भनेर वर्णन गर्नुभएको छ।

रूढीवादी विचारधारा र दृढ सुरक्षा नीतिका लागि चिनिनुभएकी प्रधानमन्त्री ताकाइचीलाई स्वर्गीय पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग तुलना गरिन्छ । आबेले सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालका क्रममा उहाँसँग घनिष्ठ सम्बन्ध कायम गर्नुभएको थियो ।

जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किनुभएका राष्ट्रपति ट्रम्पले अन्तिमपटक सन् २०१९ मा ओसाकामा आयोजित जी–२० शिखर सम्मेलनमा सहभागी हुन जापान भ्रमण गर्नुभएको थियो ।

ताकाइची नेतृत्वको नयाँ प्रशासनसँग राष्ट्रपति ट्रम्पको यो प्रत्यक्ष सम्पर्कले जापान–अमेरिका सम्बन्धमा नयाँ उचाइ थप्ने र क्षेत्रीय स्थिरता तथा रणनीतिक साझेदारीलाई निरन्तर बलियो बनाउने सङ्केत गरेको छ ।  (रासस/एएनआई)