२० मंसिर २०८२, शनिबार
,
Latest
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव : मौसम पूर्वानुमान महाशाखा



अ+ अ-

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एकरदुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।