२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आधा सिलिण्डर ग्यास बजारमा पठाउनू’ : आयल निगम



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगीलाई आधा सिलिण्डर ग्यास भर्न निर्देशन दिएको छ। बजारमा ग्यास सिलिण्डर धेरै भएकाले यसको व्यवस्थापन गर्न आधा सिलिण्डर ग्यास भर्न निर्देशन दिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार बजारमा ग्यासको आपूर्तिमा भने कुनै समस्या नभएको जानकारी दिएका छन् ।

‘आयल निगमबाट हामीलाई आधा सिलिण्डर ग्यास बजारमा पठाउन निर्देशन आएको छु, ग्यास व्यवसायी सुरज घिमिरेले भने, ‘हामीले निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा मन्त्रीसँग छलफलपछि मात्र कार्यान्वन गर्छौं।’

बुधबार नै निगमले निर्णय गरेको भए पनि व्यवसायीले निर्णय कार्यान्वयन गरेका छैनन्।