१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

लकडाउन : किसानका दुध खेरा जाँदै , उपभोक्ताले खान पाएनन्

लकडाउन : किसानका दुध खेरा जाँदै , उपभोक्ताले खान पाएनन्
अ अ+ अ-

चितवन । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमको रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ भएपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ । किसानको घरमा दुध खेरा जान थालेको छ । अर्कोतर्फ उपभोक्ताले उपभोग गर्न पाएका छैनन् ।

सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट दिएपनि व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । किसानले दुध उत्पादन गरेपनि अधिकांश डेरी र अन्य पसल बन्द हुंँदा वितरणमा समस्या परेको किसानको भनाइ छ । व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले दुग्ध सङ्कलन केन्द्रले दुध नै नलिदाँ समस्या परेको जानकारी दिनुभयो । “दुधको उत्पादन छ के गर्नु सङ्कलन केन्द्रले दुध नै लिन मान्दैनन ।”उहाँले भन्नुभयो । अध्यक्ष न्यूरेका अनुसार डीडीसीको सङ्कलन केन्द्रले नै दुध नलिएका कारण समस्या भएको हो । साथै चोकर दाना पनि पाउन छाडिएपछि चौपायलाई समेत बचाउन गाह्रो परिरहेको छ ।

काठमाडौबाट दुध बोक्ने ट्यांकर नआएको र स्थानीय दुग्ध उद्योगहरु पनि बन्द भएका कारण थप चिन्तामा रहेको किसानको गुनासो छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङघका सचिव किशोर बगाले दुध सङ्कलन र वितरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने थप चिन्ताको बिषय रहेको बताउंनुहुँन्छ । “उपभोक्ता नै घरबाहिर निस्कदैनन् । सरकारले यसको सही व्यवस्थापन गर्न सकेको छैन । ” उहाँले भन्नुभयो ।

आफूले बारम्बार काठमाडौका नीजि डेरीलाई दुध लिन आग्रह गरेपनि दुध लिन नआएको उहाँको भनाई छ । दुधको माग भएपनि आफूले डेरी पसल खोल्न नसक्ने अवस्थामा रहेको साना डेरीका सञ्चालकहरु बताउँछन् । मांँ शक्ति डेरीका सञ्चालक लोकनाथ सापकोटा डेरी खोल्यो पसलमा मानिसको भीड हुने हुँदा आँफैलाई डर हुने गरेको बताउनुहुन्छ ।

गंगानगर दुग्ध उत्पादक सहकारी संस्था पनि आजबाट बन्द भएको व्यवस्थापक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “खोलेर मात्र के गर्नु दुध बिक्रीनै हुदैन ।” उक्त सहकारीमा दैनिक ५ हजार लिटर दुध बिक्री हुदै आएको थियो । किसानबाट सङकलन गरे पनि दुध बिक्री नभए पछि सङकलन गर्न छाडिएको हो ।

जिल्लामा दैनिक ३ लाख लिटर दुध उत्पादन हुदै आएको छ । यहांँको उत्पादनको ४५ प्रतिशत खपत भएपनि बांँकी दुध काठमाडौं जाने गरेको छ । यहांँ झण्डै ५०० व्यवसायिक दुग्ध उत्पादक फार्म रहेका छन । भिजन डेरी उद्योग प्रा।लि।भरतपुरका प्रबन्धनिर्देशक सुजन अधिकारी दैनिक चार हजार पाँच सय लिटर दुध बिक्रि हुने गरेकोमा आज दुई सय लिटर मात्र बेच्न सकेको बताउनुहुन्छ । सहकारीबाट ल्याउनेदेखि उपभोक्तासम्म पु¥याउन समस्या नै समस्या भएकाले काम गर्न नसकेको उहाँको भनाई छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको चितवन मिल्कमा नीजि डेरीहरुले सङकलन गरेको दुध प्रशोधन गरि पाउडर वनाउँदै आएको भए पनि बुधबारबाट उद्योग वन्द भएको छ । उद्योगमा प्रयोग हुने रसायनको अभाब र मजदुर तथा कर्मचारी सहज आवागमन गर्न नपाएपछि उद्योग बन्द भएको जनाईएको छ ।