२२ असार २०८३, सोमबार
,
Latest
आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुनःनिर्माणपछि ह्यात होटल यथाशीघ्र सञ्चालनमा आउँछ’



अ+ अ-

काठमाडौँ।‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको ह्यात होटल पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ ।

होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आज विज्ञप्ति जारी गरी गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा होटलमा धेरै क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

“जेनजीको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथिकक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्याङ्क्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ । त्यसयता होटल पूर्ण रूपमा बन्द छ । स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने हाम्रो अनुमान छ”, विज्ञप्तिमा भनिएको छ ।

होटलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पु¥याउने गरी सञ्चालन हुने प्रतिबद्धता पनि जनाएको छ ।

होटल बन्द भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग हुने आश्वासन दिनुभएको छ ।




भर्खरै