९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको करिब ७० लाखसहित पक्राउ परेकाविरुद्ध आठ दिन म्याद थप



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार रकम र सुनका गहनासहित पक्राउ गरेका दुई जनामाथि आठ दिन म्याद थप गरिएको छ ।

तिहार बिदाको समयमा यही कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाडौँ बस्ने २२ वर्षकी रोजिना सुनार र चिनिया नागरिक झाओ झोङलाई आज म्याद थपिएको हो । दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनार बैङ्किङ कसुरमा फरार रहेको अभिलेखसमेत पाइएको बताउनुभयो ।

दुवै जनालाई नागर्जुन नगरपालिकास्थित सानो भ¥याङमा अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको थियो । निजका साथबाट रु ६९ लाख ८५ हजार नगदसहित सुनको झुम्का चार थान, बाला चार थान र मोबाइल पाँच थान बरामद गरिएको थियो । रासस