१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ



अ+ अ-

बेनी। म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बेनीनगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको २०६२ असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका ठहरबहादुर नाताले मृतक घर्तीका भाइ हुन् । घरमा सुतिरहेका कर्णबहादुरलाई उनले दाउराले हानेर हत्या गरेको र उहाँकी श्रीमतीलाई समेत दाउराले हानेर गम्भीर घाइते बनाई गरगहना लुटेर भागेर भारत गएको अभियुक्त घर्तीले बयान दिएको प्रहरीले जनाएको छ ।

घटनापछि अभियुक्त घर्ती पाँच वर्ष भारतको मुम्बई बसेका थिए भने त्यसपछि पोखरा आएर खाजा पसल सञ्चालन गर्नुका साथै देशका विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरी लुकीछिपी घर आउनेजाने गरेको पाइएको छ ।

घर्तीलाई प्रहरीले यही कात्तिक १ गते पक्राउ गरी मुलुकी अपराधसंहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

अभियुत्त घर्ती क्षेत्री यसअघि पनि जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । विसं २०५९ पुसमा जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएकामा २०६० चैत ७ गते तत्कालीन विद्रोही माओवादीले गरेको बेनी आक्रमणका क्रममा कारागारबाट भागेर फरार भएका थिए । जिल्ला अदालत म्याग्दीले २०६६ जेठ १६ गते घर्ती क्षेत्रीलाई जबर्र्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो ।