१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

जहाजको प्रतीक्षामा अन्तर्राष्ट्रिय विमानस्थल

जहाजको प्रतीक्षामा अन्तर्राष्ट्रिय विमानस्थल
अ अ+ अ-

काठमाडौं । कोभिड-१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक/दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन । चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम्म कुनै पनि जानकारी नआएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा हेलिकप्टरको उद्धार उडानबाहेक अहिलेसम्म कुनै पनि उडान नभएको र विमानस्थल सुनसान प्रायः रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनमा उडान नभए पनि विमानस्थल सञ्चालनमा छ, चीनबाट जहाज आउने कुरा भए पनि अहिलेसम्म विमानस्थललाई कुनै जानकारी आएको छैन । केही सञ्चारमाध्यमले जहाज विमानस्थलमा अवतरण गरेर फर्किसकेको लेखेका छन् त्यसमा कुनै सत्यता छैन, हामी विमानस्थलमै सेवामा छौँ ।”

यसको मतलब अहिलेसम्म कुनै पनि जहाज विमानस्थलमा अवतरण गरेका छैनन् र अहिलेसम्म उडानको त्यस्तो योजना पनि छैन । तर पनि अन्तर्राष्ट्रिय विमानस्थल जहाजको प्रतीक्षामा छ । आपत्कालीन, कार्गोलगायत उडान हुनसक्ने विमानस्थलले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि चीनबाट जहाज आउने कुरा भइरहेको तर कहाँबाट कस्तो जहाज आउने हो अहिलेसम्म कुनै जानकारी नभएको जानकारी दिनुभयो ।

“चीनबाट सामग्रीसहितको जहाज आउने कुरा भएको छ, कुन स्थानबाट कस्तो जहाज आउने भन्नेबारे अहिलेसम्म यकिन जानकारी आएको छैन”, उहाँले भन्नुभयो । यसैबीच सरकारले बुधबार निर्णय गरेअनुरुप स्वदेश फर्कन चाहने विदेशी नागरिकलाई नेपालको परराष्ट्र मन्त्रालयको समन्वयमा पहल भइरहेको बताइएको छ । सरकारको निर्णयअनुरुप विदेशी नागरिकलाई सम्बन्धित मुलुकमा पठाउनका लागि यहाँस्थित विदेशी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको महानिर्देशक पोखरेलले बताउनुभयो । सम्भवतः त्यस्ता नागरिकलाई यसैहप्ताभित्र विदेश पठाउने पहल भइरहेको र प्राधिकरणले अन्य सरोकार भएका निकायसँगको समन्वयका आधारमा यसैसाताभित्र उनीहरुलाई विदेश फकाउनेछ ।

महाप्रबन्धक पोखरेलले भन्नुभयो, “विदेशीले आफ्ना नागरिक लैजान चाहेमा यहाँको परराष्ट्र मन्त्रालयसँगको पहलमा त्यस्तो प्रक्रिया अघि बढ्छ, नेपालस्थित राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेका छन् यो हप्ताभित्र त्यस्तो उडान हुनसक्छ ।” कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो । आपत्कालीन अवस्थामा सरकारले विशेष निर्णय गरेमा अर्थात् उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेमा आपत्कालीन उडान हुनेछ । यसअघि कोभिड –१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले यही चैत ९ गते मध्यरातिदेखि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।