१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनाबाट अर्का नेपालीको मृत्यु, मृतकको संख्या दुई पुग्यो

कोरोनाबाट अर्का नेपालीको मृत्यु, मृतकको संख्या दुई पुग्यो
अ अ+ अ-

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट फेरी एक नेपालीको मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो ।

बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापको गम्भीर स्वास्थ्य समस्या देखिएको केही दिनदेखि ज्वरो र खोकी लगायतका लक्षण देखा परेर उनको स्वास्थ्यावस्था बिग्रिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ती व्यक्तिको निधन भएको थियो ।

मृतकको परिवार आफ्नै घरमा आइसोलेसनमा बसेको छ भने उनीहरुलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । संक्रमण फैलिने जोखिमका कारण उपचारको बेला र मृत्युपछि समेत परिवारले भेट्न पाएको छैन ।

गत साता लन्डनमै कोरोना संक्रमणबाट ६६ वर्षका भूपूगोर्खाको निधन भएको थियो । बेलायतमा बिहीबारसम्म कोभिड १९ बाट ४६५ जनाको निधन भइसकेको छ ।