१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी



अ+ अ-

काठमाडौँ: चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ ।

प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ, छिङहाइ, थियानजीन, हङकङ र युनान प्रान्तका खुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायत स्थानबाट १६० खेलाडी सहभागी भएका काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरीले जनाएको छ ।

नेपालबाट काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट सङ्घका सचिव राजीव महर्जन सहभागी हुनु भएको थियो । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र खुन्मिङ जेन्झी आर्चरी क्लबले सहकार्य गर्ने प्रतिबद्धता जनाएका सचिव महर्जनले बताउनुभयो ।