• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी

ग्लोबल टि–२० छनोटका लागि बन्द प्रशिक्षण सुरु



काठमाडौँ । ग्लोबल टि–२० छनोटका लागि आजदेखि बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणको पहिलो दिन आज १४ खेलाडी उपस्थि भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलाडीबीचको विवाद समाधान भएपछि बन्द प्रशिक्षण सुरु भएको बताइएको छ । मुख्य प्रशिक्षक पुबुदु दसानायकेले आजै खेलाडी र क्यानबीच विवाद समाधान भएको जानकारी दिनुभयो । 

प्रशिक्षणमा मोहम्मद आरिफ शेख, शरद भेषावकर, कुशल मल्ल, मोहम्मद आशिफ शेख, पवन सर्राफ, साहब आलम, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो सहभागी छन् । 

मुख्य प्रशिक्षक दसानायकेका अनुसार बन्द प्रशिक्षणमा अन्य ९ खेलाडी आजै बेलुकासम्ममा जम्मा भइसक्ने छन् । ती खेलाडीमा क्यानले कारवाही गरेका चार खेलाडी पनि रहनेछन् । क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गरेको थियो । 

कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अहिले अस्ट्रेलियामा रहेका छन् भने केही खेलाडी अस्वस्थ रहेको बुझिएको छ ।