२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

आईसीसी विश्वकप लिग टु : नेपाल र अमेरिका आज भिड्दै

आईसीसी विश्वकप लिग टु : नेपाल र अमेरिका आज भिड्दै
अ अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू मा नेपालले आज अमेरिकाको सामना गर्दै छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो सवा ११ बजेदेखि खेल सुरु हुने छ ।

यो खेलबाट नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो । तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ । तर आईसीसी टी–२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ ।

नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्यो। यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो । त्यसपछि यूएई फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती छ, त्यो हो अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट लिग टूको प्रतियोगिता ।

सन् २०२४ मा सुरू भएर २०२७ सम्म सञ्चालन हुने विश्वकप लिग टूमा अहिले आधाभन्दा धेरै खेल सकिएका छन् । नेपालले भने खेल्नुपर्ने ३६ मध्ये १६ खेल खेलेको छ । १६ मध्ये पाँच खेलमात्रै जितेको नेपाल अहिले तालिकाको सातौं स्थानमा संघर्ष गरिरहेको छ । यता नेपालले अब खेल्नुपर्ने अमेरिकाले भने २० खेलबाट २८ अंक जोडिसकेको छ ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म नौ खेल भएका छन् । त्यसमध्ये नेपाल र अमेरिका समान चार–चार खेलमा विजयी भएका छन् । तर पछिल्ला पाँच खेलमा नेपालले एक मात्र जित हासिल गर्न सकेको छ । सन् २०२३ को जुनमा नेपालले अमेरिकालाई पछिल्लो पटक हराएको थियो ।

त्यसपछि अमेरिकाले नेपालविरूद्ध दुई जित निकालिसकेको छ । यी दुई टिमबीच यूएईमा पहिलो पटक खेल हुन लागेको हो । यसअघि नेपालले यूएईको सारजाहमा वेस्ट इन्डिजलाई नै हराएको थियो । यो सिरिज सुरू हुनुभन्दा एक हप्ता अघि नै नेपाली टिम यूएई पुगेर त्यहाँ अभ्यास गरिरहेको छ । एक महिनाभन्दा लामो यूएई र ओमान बसाईबाट नेपाली टिमले त्यहाँको वातावरणमा राम्रो तयारी गरेको मात्रै छैन आफूलाई प्रमाणितसमेत गरेको छ ।

अमेरिकी क्रिकेट टिम राम्रो रहे पनि त्यहाँको क्रिकेट संघलाई आईसीसीले निलम्बन गरेको छ । आईसीसीले आफ्नो सीधा निर्देशनमा त्यहाँको क्रिकेट बोर्ड र राष्ट्रिय टोली चलाइरहेको अवस्था भए पनि टिममा भने व्यक्तिगत उत्कृष्ट कौशल भएका खेलाडी छन् ।

यसअघिको टोलीमा रहेका दुई खेलाडीलाई परिवर्तन गरेर अमेरिकाले लिग टूका लागि आफ्नो टोली घोषणा गरेको छ । अमेरिकी टोलीमा एन्ड्रियस गौस, कप्तान मोनांक पटेल, सौरभ नेत्राभल्करजस्ता उत्कृष्ट खेलाडी छन् । मोनांकले पछिल्ला १० खेलमा ३ सय ६३ रन बनाएका छन्, सइतेजा मुक्कमलले पनि १० खेलमा तीन सय ५६ रन बनाएका छन् ।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका मिलिन्द कुमारले पछिल्ला ८ खेलमा १९ विकेट लिएर अमेरिकी टोलीलाई उच्च गतिमा पुर्याएका छन् । आइतबारको खेलमा पनि यी खेलाडी केन्द्रमा रहनेछन्। यता विश्वकप छनोटमा ब्याङमिा आशातित प्रदर्शन गर्न नसकेको भए पनि बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको नेपाली टिममा अहिले दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दिप लामिछाने उत्कृष्ट फर्ममा छन् ।

रोहित पौडेलले केही खेलमा राम्रो गरे पनि उनी कन्सिस्टेन्ट देखिएका छन् । कुशल मल्ल भने फर्ममा फर्किनु आवश्यक छ । गुल्सन झाले हरेक इनिङमा अत्यावश्यक प्रदर्शन गरेर जितमा प्रत्यक्ष प्रभाव पारेका छन् ।