१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिन्ट मिडियामा पनि कोरोनाको असर, कान्तिपुर दैनिक बन्द



अ+ अ-


काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर नेपालका प्रिन्ट मिडियालाई पनि परको छ । कोरोनाको कहरबाट नेपालको सबैभन्दा ठूलो मिडिया हाउस कान्तिपुरले आफ्नो दैनिक प्रकाशन कान्तिपुरलगायत सबै प्रिन्ट प्रकाशनहरु शुक्रबारदेखि बन्द गरेको बताएको ।
२०४९ सालमा स्थापना भएयता कान्तिपुर निरन्तर प्रकाशन हुँदै आएको थिए । कान्तिपुरका अध्यक्ष एवं प्रवन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकिय मार्फत आज यस्तो निर्णय सार्वजनिक गर्नुभएको हो ।


‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् ।’ कान्तिपुरमा आज प्रकाशित विशेष प्रकाशकीयमा भनिएको छ ।
अन्य मिडिया हाउसले पनि यसबारे उपर्युक्त निर्णय गर्ने बुझिएको छ । कान्तिपुृर इतिहासमै पहिलोपल्ट अस्ती बुधबार ८ पृष्ठमा झरेको थियो ।