२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन : अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताउनुभएको छ ।

अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कनक्लेबमा धारणा राख्दै उहाँले भन्नुभयो “नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्ता बनाएको मात्र सुन्छु, तर मैले भने नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन ।”

अध्यक्ष ढकालले नेपालमा अझै धेरै क्षेत्रहरु एक्स्प्लोर गर्न बाँकी रहेको प्रसंग उल्ले गर्दै भन्नुभयो “यहाँ त हामीले केही गरेकै छैनौँ । जतिधेरै एक्स्प्लोर गर्यो त्यति नै अवसरहरु भेटिन्छन् । ती अवसरहरुलाई सम्भव बनाउन हामी लाग्नुपर्ने अवस्था छ । त्यसैले प्रयास नै नगरी नेपालमा सम्भावना नै छैन भन्नु गलत हो ।”

नेपालमा लगानीका लागि वातावरण नै नभएको भन्ने गरिए पनि त्यो सत्य नभएको भन्दै नेपालमा वैदेशिक लगानीका लागि अमेरिकामा रहेका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाल उद्योग वाणिज्य महासंघको पहल र अगुवाईमा लगानीमैत्री वातावरणका लागि आवश्यक कम्तीमा पनि ३० ओटा कानुन संशोधन गरिएको छ । सरकारले निजी क्षेत्रकै संलग्नतामा गठित अर्थतन्त्रको सुधार सम्बन्धी उच्चस्तरीय आयोगले दिएका सुझावहरुको कार्यान्वयन सुरु गरिएको ।

पछिल्लो समय नेपालमा लगानीका सम्भावनाहरुको खोजी स्वदेश तथा विदेशी लगानीकर्ताहरुले गरिरहेको अवस्था छ । त्यसैले लगानीको वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्दछ ।”

आफूहरुले नेपालमा लगानीको सम्भावना छ भन्ने कुरा प्रमाणित गर्न र डोमेस्टिक पुँजी परिचालन गरेर पनि ठूला लगानीहरु गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि स्वदेशी व्यवसायी तथा गैरआवासी नेपालीहरुको समेत संलग्नतामा हालसालै १० अर्ब रुपैयाँको नेशनल डेभ्लप्मेन्ट कम्पनी (एनडिपी) स्थापना गरेर काम नै सुरु गरिएको जानकारी दिनुभयो ।

नेपालमा हुने वैदेशिक लगानीलाई थप प्रवर्धन गर्न तथा लगानीका लागि आवश्यक पर्नसक्ने समस्याको सहजीकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले एफडिआइ हेल्प डेस्कको स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानीका लागि आग्रह गर्नुभयो ।

यहाँले नेपालमा लगानीको वातावरण रहेको भनिरहँदा हालै भएको निजी क्षेत्रका व्यक्तिहरुका सार्वजनिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा समेत आक्रमण भएको सम्बन्धी एक प्रश्नमा उहाँले भन्नुभयो “निजी क्षेत्र जस्तो मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान तथा ८६ प्रतिशत रोजगारी दिएको क्षेत्रलाई यसरी हतोत्साही हुनेगरी भएको आक्रमणले राम्रो सन्देश नदिएको र यो एकदमै गलत काम भएको छ । ”

अध्यक्ष ढकालले निजी क्षेत्र नै मुलुकको आर्थिक विकासको मुख्य इञ्जिन हो भन्ने तथ्यलाई बिर्सिएर सामाजिक सञ्जाल एवं आम मानिसहरुमा व्यवसायीहरु भनेका नाफा मात्र कमाउने हुन् भन्ने जस्तो गलत भास्य निर्माण गरिएकाले यस्तो गलत मानसिकतामा परिवर्तन जरुरी रहेको बताउनुुभयो ।

उहाँले भन्नुभयो “मुलुकको अर्थतन्त्रमा र प्रत्यजरी रोजगारीमा यतिधेरै योगदान गरिरहेको निजी क्षेत्रप्रतिको सोच र आम धारणा अत्यन्तै गलत छ ।

चाहे राजनीतिक दलहरु हुन्, सरकार एवं कर्मचारीतन्त्र तथा आम मानिसमा नै यो धारणामा परिवर्तन नितान्त जरुरी छ । यदि त्यसो हुन सकेन भने आगामी दिनमा यस्ता दुर्घटनाहरु नरोकिन पनि सक्छन् ।”

फोटो- रामचन्द्र भट्टको फेसबुकबाट




भर्खरै