१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनासँग आत्तिनू पर्दैन, ज्ञानगुनका किताब पढ्नूहोस् : मन्त्री मानन्धर

कोरोनासँग आत्तिनू पर्दैन, ज्ञानगुनका किताब पढ्नूहोस् : मन्त्री मानन्धर
अ अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नागरिकको जिवन रक्षाका लागि सरकारले अथक मेहनत गरिरहेको बताउँदै मन्त्री मानन्धरले लकडाउनको पुर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका हुन्।

मन्त्री मानन्धरले सामान्य हेलचक्राईंले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपाय भएको भन्दै सहरी क्षेत्रका बासीन्दालाई विश्ष सतर्कता अपनाउन आग्रह गरेका छन् । मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयारी गरिएका स्थलहरुको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

काठमाडौंमा खुला स्थानका रुपमा चक्रपथ सहित फराकिला सडकका किनारामा अस्थायी शौचालयसहितको अस्थायी क्वारेन्टाइन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ । मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाईने बताए ।

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरुलाई मन्त्री मानन्धरले धार्मीक ग्रन्थहरु र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् । बेद,पुराण, रामायण, महाभारत लगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगि देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ति पुस्तक अध्ययन गर्न सुझाव समेत दिएका छन् ।

उनले त्रिपिटक, कुरान, बाइबल लगायत विभिन्न धर्मका ग्रन्थहरुको समेत अध्ययन गर्न सुझाव दिएका छन् । मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारीक ज्ञान दिलाउने अवसरका रुपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।