१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नोबेल बिजेता वैज्ञानिकको दावी-‘कोरोना भाइरस अब केही दिनमात्र’

नोबेल बिजेता वैज्ञानिकको दावी-‘कोरोना भाइरस अब केही दिनमात्र’
अ अ+ अ-

काठमाण्डौ । विश्वभरी कोरोनाको माहामारी फैलिरहेका वेला नोबेल बिजेता वैज्ञानिकले चाँडै राहात प्रदान गर्ने दाबी पेश गरेका छन्। वैज्ञानिकका स्टायनफोर्ड बायोलिजिस्ट माइकल लेबिटका अनुसार कोरोना भाइरस अब केही दिनको पाहुना मात्रै हो ।

विश्वभर फैलिएको कोरोनाभाइरसको प्रभाव अब खत्तम हुुने मोडमा पुुगेको छ । अब आउनेवाला दिनमा माहौल सुधारिँदै जाने छ । नोबेल पुुरस्कारबाट सम्मानित वैज्ञानिक लेबिटले दाबी गरेका छन् कि अब कोरोनाबाट विश्वले छुटकारा पाउने बेला आएको छ ।

माइकल तिनै वैज्ञानिक हुन् जसले चीनमा कोरोनाबाट हुने क्षति र अवस्थाको सटिक भविष्यवाणी गरेका थिए ।

माइकलले सन् २०१३ मा नोबेल पुुरस्कार जितेका थिए । लस एन्जल्स टाइम्स्लाई दिएको एक अन्तर्वार्तामा उनले कोरोनाबाट विश्व जगत जति त्रसित भएको छ, वास्तवमा अवस्था त्यति भयावह नभएको बताएका छन् ।

उनको यो अभिव्यक्तिले विश्वभरका मानिसलाई केही राहात दिएको छ ।

माइकलले एक ब्लगमार्फत चीनमा कोरोनाको मृत्युदर घटिरहेकाले यो छिट्टै नियन्त्रणमा आउने बताएका थिए ।

माइकलले गरेका अनुमान सही साबित भयो र चीनमा मार्चको पहिलो सातादेखि कोरोनाबाट भइरहेको मृत्युमा उल्लेख्य कमी आयो ।

अहिले चीनको अर्थतन्त्र पनि पहिलेको बाटोतर्फ अग्रसर भइरहेको छ। कोरोनाको संक्रमणबाट सबैभन्दा प्रभावित चीनको हुवेई प्रान्त पनि लामो लकडाउनपछि खुुल्ने क्रममा छ ।

माइकलले चीनमा कोरोनाबाट हुुने मृत्युुको पनि भविष्यवाणी गरेका थिए । उनले चीनमा कोरोनाबाट ३२५० जनाको मृत्युु हुुने भविष्यवाणी गरेका थिए भने ८० हजार संक्रमित हुुने विश्लेषण गरेका थिए ।

कोरोनाभाइरस विश्वबाट चाँडै नै हराए पनि यसले अर्थतन्त्रमा पारेको प्रभाव भने दिर्घकालसम्म देखिने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।