१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी
अ अ+ अ-

वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो ।

उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी अर्थव्यवस्थामा पारेको क्षतिलाई आश्चर्यजनक रुपमा प्रतिबिम्ब गरेको छ । बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरुको संख्याले प्रायः रोजगार गुमेको अवस्थालाई नै प्रतिबिम्बित गर्दछ ।

बेरोजगारी बढ्दै गएमा अमेरिकी अर्थव्यवस्था मन्दीतर्फ जाने खतरा रहेको विश्लेषकहरुको भनाई छ । अहिले रेस्टुरेन्ट, होटल, चलचित्र थिएटर, जिम र एयरलाइन्सको आम्दानी नाटकीय रुपमा संकुचित भएको छ । गाडीको बिक्री घट्ने क्रममा छ, र कार निर्माताहरूले कारखाना बन्द गरेका छन् । प्रायः त्यस्ता रोजगारदातामाथि ऋण भुक्तान र अन्य खर्च व्यहोर्नु पर्ने चुनौती छ । त्यसैले उनीहरू पैसा बचत गर्न रोजगारी कटौती गरिरहेका छन् ।

रोजगारी गुम्नेक्रम यथावत् रहेको भन्दै केही अर्थशास्त्रीहरु आगामी मे महिनासम्ममा अमेरिकी बेरोजगारी दर १३ प्रतिशतसम्म पुग्न सक्ने बताउँछन् । तुलना गरेर हेर्दा सन् २००९ मा समाप्त भएको ठूलो आर्थिक मन्दीमा पनि बेरोजगारी दर उच्चतम १० प्रतिशत मात्र थियो ।

“दुई हप्ताअघि असम्भव जस्तो देखिए पनि अहिले त्यो वास्तविकतामा परिणत भएको छ,” अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री न्यान्सी भान्डेन हौटेनले बताउनुभयो । “अमेरिकी अर्थतन्त्रले बेरोजगारीको तीव्र बृद्धिसँगै सबैभन्दा ठूलो आर्थिक सङ्कुचन अनुभव गर्नेछ ।”

आर्थिक मन्दी द्रुत गतिमा भएको छ । गत फेब्रुअरीमा मात्र बेरोजगारी दर ५० वर्षकै न्यून अर्थात् ३।५ प्रतिशतमा झरेको थियो । अर्थव्यवस्था पनि स्थिरता अघि बढेको थियो । केही अर्थशास्त्रीहरू विचारमा यस वर्षको अप्रिल–जुनको अवधिमा अमेरिकी अर्थतन्त्र अहिलेसम्मको सबैभन्दा तीव्र वार्षिक गतिमा संकुचित हुनेछ । र यो संकुचन ३० प्रतिशतसम्म पुग्न सक्नेछ ।

श्रम विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गत साता ३२ लाख ८३ हजारले बेरोजगारी भत्ताका लागि आवेदन गरेको उल्लेख छ । अघिल्लो साता यो संख्या २ लाख ८२ हजार मात्र थियो । राज्यका वेबसाइट र फोन प्रणालीले राम्रोसँग काम नगरेकाले पनि अझै ठूलो संख्याका नयाँ बेरोजगारहरुले आवेदन गर्न सकेका छैनन् ।

कम्पनीबाट जागिर गुमाएका तलबी कामदार, स्वतन्त्र कामकाजी पेशाकर्मी र स्वरोजगार व्यक्तिले वर्तमान अवस्थामा बेरोजगारी भत्ताका लागि आवेदन गर्न योग्य हुने छैनन् ।

बेरोजगार भत्ताका लागि ठूलो संख्यामा आवेदन दिएको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विषम परिस्थितिमा यस्तो हुनु स्वाभाविक रहेको बताउनुभएको छ । “हाम्रो क्षमता छ, हामी चाँडै शसक्त भएर अघि आउने छौं ।”